ओलीकै तीन नेताले महासचिवमा प्रस्तुत गरे दाबेदारी
सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति आफु निकटका केही नेताहरुसँग ओलीले गरेको छलफलमा उनी निकटकै तीन नेताले महासचिवको दावेदारी प्रस्तुत गरेका छन्

चितवन । नेकपा एमालेमा अध्यक्ष केपी ओली आज देखि शुरु हुने दशौं महाधिवेशनवाट फेरि पनि अध्यक्ष जित्ने पक्का भएपनि महासचिव को हुन्छ ? सवैको चासो छ । त्यसो त वरिष्ठ उपाध्यक्ष सहितका अन्य पदाधिकारीका बारेमा पनि नेता देखि कार्यकर्ताहरुको चासो नभएको होइन । तर पनि अध्यक्ष पछिको कार्यकारी मानिने महासचिवमा ओलीले आफुले रुचाएका पात्रलाई मात्र ल्याउन सक्ने भएकोले ओलीको महासचिव को भन्ने चर्चा पनि यतिवेला चलेको छ ।
सकभर सहमतिमा नभएपनि चुनाववाट महासचिव आउने छन् । तर चुनाव दुवै विधि जुन अवलम्न गरेपनि त्यसरी आउने महासचिवलाई ओलीको धाप अनिवार्य आवश्यक पर्छ । त्यसका लागि पनि ओलीले कसलाई महासचिव बनाउँलाने ? अहिले सवैको चासो त्यतै छ ।
महाधिवेशनका लागि विहिवार दिउँसो नै चितवन पुगेका ओलीले पदाधिकारीका बारेमा हिजोवाटै आफु निकटका नेताहरुसँग परामर्श थालेका छन् । उनले उदघाटन सत्र सकेपछि बोलार्ईएको सथायी समिति र लगत्तैको केन्द्रीय समिति बैठकमा पदाधिकारीको प्रस्ताव लैजान सक्ने भएकोले पनि नेताहरु अहिले ओलीका नजरमा पर्न दौडादौडमा छन् । ओलीले सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति आफु निकटका केही नेताहरुसाग अलग्गै छलफल गरेका थिए ।
उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले उक्त छलफलका क्रममा अव आफुलाई महासचिव बनाउनु पर्ने भन्दै आ -आफनो दलिल ओली समक्ष पेश गरेका थिए ।
पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमालले साथ दिएका थिए । पौडेललाई भने सुवास नेम्वाङलगायतले साथ दिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङले समेत आकांक्षा देखाईरहादा प्रदीप ज्ञवाललिे पनि मुख फोरेरै आफुलाई महासचिव बनाउन ओली समक्ष माग गरेका छन् ।
ओलीले आफु सर्वसहमतीमा अध्यक्ष बन्न चाहेपनि उनलाई उपाध्यक्ष भीम रावलले चुनौति दिएका छन् । रावलले ओलीसग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गर्ने बताईसकेका छन् ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया