एमाले महाधिवेशन
भीम रावल र घनश्याम भुसाल उम्मेदवारी दर्ता गर्ने तयारीमा

चितवन । नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसालले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।
एमालेका वर्तमान उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा तथा उपमहासचिव भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् ।
एमालेको चितवनको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले अध्यक्षबाट पछि नहट्ने बताए । रावलले काठमाडौंबाट नै अध्यक्ष उम्मेदवारीको घोषणा गरेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले सहमति खोज्ने कुरामा कहाँ के कुरा भएको आफूलाई केही थाहा नभएको रावलले बताए ।
यस्तै, चितवन महाधिवेशनको उदघाटन समारोहमा पुगे लगत्तै एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
शुक्रबार नै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भुसालले शनिवार आफ्नो सामाजिक सञ्जालबाट उपाध्यक्ष पदमा उम्मेवारीको औपचारिक घोषषा गरेका छन् ।
उनले ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै विचार प्रकट गरेका छन् ।
एमालेले भने दशौं महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार सिर्जना गरौं’ भन्ने नारा तय गरेको छ ।


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया