शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन

भीम रावल समूहलाई ओलीको ढाडस्ः तपाईँहरुको चेहरा देख्दा खुशी लाग्छ

मेरोन्यूज २०७८ मंसिर ११ गते १७:५१

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका बेला पार्टी एकतामै जोड दिएर एमालेमा रहेका भीम रावल समूहलाई ढाडस दिएका छन् ।

एमालेको चितवनमा जारी दशौं महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले पार्टी एकतामा जोड दिएर पार्टी बचाएको भन्दै रावलसमूहको निकै प्रशंसा गरे ।

उनले पार्टी एकतामै जोड दिएर एमालेमा रहेकै कारण पार्टी यो ठाउँमा आएको भन्दै ओलीले आफूलाई ढुक्कसँग निद्रा लाग्ने गरेको बताए ।
‘पार्टी संकटमा परेका बेला, घेराबन्दीमा परेकाबेला दुई दुई पल्ट पार्टी फुट्दा पनि पार्टी एकता बचाउने कामरेडहरु धन्यवादका पात्र हुनुहुन्छ ।’ ओलीले भने, –‘तपाइहरुले एकताको पक्षमा संघर्ष गर्नु हुदैनथ्यो भने आजको यो अवस्थामा पार्टी हुँदैनथ्यौं ।’

‘तपाईहरुको योगदानले गर्दा नै पार्टी यो हैसियतमा भएको छ । तपाईहरुको दुरदर्शिता, तपाइहरुको मेहनत, तपाईहरुको पार्टीप्रतिको मोहले पार्टीलाई यो ठाउँमा ल्याएको छ’, ओलीले सोही समूहमाथि इंगित गर्दै भने – तपाईहरुको चेहरा देख्दा, तपाइहरुले जुरुक्कै पार्टी उठाउनुभयो, पार्टी बचाउनुभयो । पार्टी सिद्धिन दिनु भएन, मलाइ ढुक्क लागेको छ ।’

‘तपाईँहरुलाई अगाडि देख्दा, लोकतन्त्र सुरक्षित देख्छु, देशको भविष्य सुरक्षित देख्छु । पार्टीको लोकतान्त्रको समृद्धिको यात्रा सुरक्षित देख्छु । त्यसैले म म ढुक्क भएर सुत्न सक्छु ।’– ओलीले भने । आफू एमाले पार्टीको अध्यक्ष हुन पाएकोमा गर्व लागेको बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमाले अध्यक्ष ओलीले आफूले मरेर बाँचेको भन्दै आफू कति बाँच्ने निश्चित नभएको पनि उल्लेख गरे । ‘म कति बाँच्छु भन्न सक्दिन । धेरै पटक मरेर आएको जिन्दगी’– ओलीले भने, – ‘म धेरै जीर्ण स्वास्थ्यबाट गुज्रिएर आएको हो । त्यति साह्रो भर नहुन सक्छ । तपाईंहरूजस्ता तेज तरार नेता कार्यकर्ता देख्दा आज ढुक्कले निद्रा लाग्छ, खाना रूच्छ ।’

प्रतिक्रिया