पदाधिकारीमा तीन र केन्द्रीय समितिमा ३५ नेता सुरक्षित बनाउने लविङमा पूर्व माओवादी

चितवन (सौराह) । नेकपा (माओवादी केन्द्र) छोडेर एमालेमा बसेका पूर्व माओवादी समुहका नेताहरु पदाधिकारी र केन्द्रीय कमिटिमा आफ्नो पक्षका नेताहरुको सुरक्षित अवतरणकालागि लविङमा लागेका छन् । अध्यक्ष केपी ओलीलाई नै सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव ल्याउने जिम्मेवारी दिएपछि पूर्व माओवादी समुहका नेताहरु पदाधिकारी र केन्द्रीय सदस्यमा आफु पक्षका नेताहरुको सुरक्षित अवतरणको प्रयासमा लागेका छन् ।
त्यसका लागि उनीहरुले रामवहादुर थापा, टोपवहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा सुरक्षित बनाउन चाहेका छन् । बादललाई वरिष्ठ उपाध्यक्ष या उपाध्यक्ष , रायमाझीलाईै उपमहासचिव र भट्टलाई सचिव बनाउन उनीहरुको प्रस्ताव छ । त्यस अतिरिक्त पनि मणि थापा र प्रभु साहलाई पनि पदाधिकारीमै सकभर समेटन उनीहरुको माग छ ।
‘तीन नेता पदाधिकारीमा सुनिश्चित हुनुपर्ने हाम्रो माग छ । थप दुई जनालाई पनि पदाधिकारीमा समेटदा राम्रो भन्ने गरी प्रस्ताव गरेका छौं,’ पूर्व माओवादी समुहका एक नेताले मेरोन्यूजसँग भने,–‘केन्द्रीय कमिटिमा पनि ३५ देखि ४० जना सम्म पूर्व माओवादी समुह छोडेका नेताहरुलाई समेटन प्रस्ताव गरेका छौं ।’
ओलीले आफु वसेको होटल पार्क सफारीमा आफु निकटका नेताहरु सुवास नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरिरहँदा पूर्व माओवादी समुहका नेताहरु पनि अलग्गै छलफलमा बसेका थिए । तर छलफलमा बादल भने सुहभागी भएनन । आफुसहति बस्दा गुटवन्दी हुन सक्ने भनी वादल नवसेपनि रायममझी, भट्ट, मणि , प्रभु लगायतका नेताहरु भने वादलसँगकै सहमतिमा अलग्गै छलफलमा बसेका थिए ।
त्यो छलफलमा ३ पदाधिकारी सुनिश्चित हुर्नेपर्ने, थप २ जनालाई पनि पदाधिकारीमा समेटदै राम्रो हुने र केन्द्रीय कमिटिमा एकताको भाव र सन्देश दिनका लागि भएपनि कम्तीमा ३५ जनालाई केन्द्रीय सदस्य बनाउनु पर्ने प्रस्ताव ओल िसामु गर्ने निश्कर्ष नेताहरुले निकालेका थिए । त्यसपछि रायमाझी र भट्ट समुहको निश्कर्ष सहितको प्रस्ताव वोकेर ओली वसेको होटलमा ओलीलाई भेटन पुगेका थिए ।
ओली समुहकै नेताहरु खुलेआम आफुले रोजेको पद सहित ओलीसँग लविङमा लागेका बेला पूर्व माओवादी धारका नेताहरुले भने उम्मेदवारीका विषयमा वाहिर कुनै प्रतिक्रिया नजनाई ओलीसँग मात्र सिधै आफ्नो समुहका नेताहरुको ब्यवस्थापनमा कुरा राखिरहेका छन् । पूर्व माओवादी समुहका नेताका तर्फबाट भट्ट र रायमाझीले ओलीसाग भेटेर आफनो समुहका नेताहरुको निश्कर्ष सुनाईसकेका छन् ।
ओलीले नेताहरुको प्रसतावलाई सकारात्मक लिँदै यसलाई उच्च महत्व दिने प्रतिक्रिया दिएका थिए ।
ओलीले आजको वन्दशत्रमा एमालेको नयाँ नेतृत्वका लागि आफनो तर्फबाट प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । हिजोको वन्दशत्रमा विष्णु पौडेलले पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा प्रस्ताव तयार पारेर वन्दशत्रमा पेश गर्न ओलीलाई जिम्मा दिने प्रस्ताव गरेका थिए । त्यसपछि हलले प्रस्ताव पारित गरेर ओलीलाई सर्वसम्मत नेतृत्व चयनको प्राधिकार दिएको थियो । आज विहान १० वजेका लागि तय भएको वन्दशत्र ओली अझै आफु वसेको होटलमा नेताहरुसँग छलफलमै ब्यस्त रहेकोले वन्दशत्र शुरु हुन सकेको छैन ।









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया