कांग्रेसको कञ्चनपुर सभापतिमा रमेश लेखक निकट बोगटी निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर १२ गते १६:२५
काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उमेदवार बहादुर थापालाई पराजित गरेका हुन् ।
उनी रमेश लेखक निकट मानिन्छन् । केहीबेरअघि प्राप्त अन्तिम नतिजाअनुसार कुल खसेको एक हजार ५७१ मतमध्ये बोगटीले ८०६ मत प्राप्त गरे । यस्तै, थापाले भने ७१५ मत प्राप्त गरे । थापा एनपी साउँद निकट मानिन्छन् ।
उपसभापतिमा मिनबहादुर सिंह ७८६ मत, ७६३ मतका साथ हरिचन्द्र राना विजयी भएका छन् ।
सचिवमा भमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ मत ल्याउँदै विजयी भए । सह सचिवमा नाफुसिह साउद ७२६ र पुष्कल चौधरी ६७४ मत प्राप्त गर्दै विजयी भए ।
सम्बन्धित


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया