बाजुरामा जिप दुर्घटनामा घाइते सह–चालकको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १२ गते १७:३४

कैलाली । बाजुरामा जिप दुर्घटनामा परेका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका – १ का २४ वर्षीय भीम बहादुर दानी रहेका छन् ।
दुर्घटनामा परेका घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार बिहान ५ बजे दुर्घटना भएको थियो ।
जिपमा सवार सह–चालकको टाउको, ढाडमा गम्भीर चोट लागेको थियो ।जिप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको बताएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया