एमाले महाधिवेशन : बन्दसत्रको बैठक पुनः सर्यो
मेरोन्यूज
२०७८ मंसिर १२ गते १९:३३

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनको तेस्रो दिनको बन्दसत्र पुनः सरेको छ । आइतबार बिहान १० बजे बस्ने भनिएको बैठक राति ७ बजेसम्म बस्न नसकेको हो ।
बिहानै सुरु हुने भनिएको बैठक राति ७ बजेसम्म बस्न नसकेपछि पुनः ८ बजेका लागि सारिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक पुनः एक घण्टा सरेको हो ।
सहमतिबाट नेतृत्व चयन गर्ने तयारी गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बसेको होटलमा पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।
अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका छन् भने उपाध्यक्ष भिम रावलले उनलाई टक्कर दिँदै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया