माओवादी पालिका अधिवेशन : दाङका छ पालिकामा नयाँ नेतृत्व चयन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनअन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । निर्वाचन समितिले जनाएअनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।
त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर तथा सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ । बङ्गलाचुलीका अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा वासुदेव महरा, सचिवमा दामोदर खड्का र सहसचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ ।
त्यसैगरी शान्तिनगरको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदीप ओली र रीता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हीरा सुनार र कोषाध्यक्षमा जङ्गबहादुर पुनलाई चयन गरिएको छ । दङ्गीशरण्का अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा वीरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दीपक गौतम, सहसचिवमा टङ्क ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित भएका छन् ।
गढवाका अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी र देवराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरीलाई चयन गरिएको छ ।
तुलसीपुरको नेतृत्व चयन कार्य अझै टुङ्गिन सकेको छैन । लमही नगरपालिकामा सदस्य टुङ्ग्याइएको छ । पदाधिकारीको भने यही मङ्सिर १५ गते छनोट गरिने भएको छ ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया