ओलीले छानेका वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित
इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिवमा निर्विरोध, पदाधिकारीमा थप ३ जनाको मात्रै उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वरोध निर्वाचित भएका छन् । अध्यक्ष केपी ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा रहेका बेला महासचिवमा भने पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारीमा ओलीले घोषणा गरेका वाहेक तीन जनाको मात्रै उम्मेदवारी परेको छ । अध्यक्षमा स्वंम ओलीसँग भीडन भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया