प्रेस सेन्टर काठमाडौंमा गोकर्ण बराल

काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो अधिवेशन बाट गोकर्ण बराल अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीको प्रज्ञा भवनमा सोमबार भएको अधिवेशनले बरालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बराल सहित वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला, वुद्ध योन्जन र कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत रुपमा चुनिएका हुन् ।
सम्मेलनको उदघाटन अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जर्नादन शर्माले गरेका थिए । सम्मेलनमा माओवादी केन्द्रका विशेष प्रदेश कमिटिका अध्यक्ष लेखनाथ न्यौपाने, काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेल प्रेस सेन्टरका कार्यालय सदस्य मनोज घर्ती लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर काठमाडौंका दिवंगत पूर्व अध्यक्ष गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रामकुमारी श्रेष्ठ (रुवी)लाई सम्मान गरिएको थियो ।


















नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया