राप्रपामा नयाँ धुव्रिकरण
कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षका प्रतिस्पर्धी
थापालाई पशुपति शम्शेर जवरा र लिङ्देनलाई प्रकाशचन्द्र लोहनीको समर्थन

काठमाडौं । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशनको सम्मुखमा नयाँ नयाँ धुव्रिकरण देखा पर्न थालेको छ । महाधिवेशन पछि नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देनले मंसिर ९ गते उम्मेदवारी घोषणा गरेपछि सोमबार कमल थापाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
दुई आकांक्षीको उम्मेदवारी घोषणा पछि राप्रपाका तीन जना अध्यक्षमै पनि धुव्रिकरण भएको छ । अध्यक्ष पशुपति शम्शेर जवराले अध्यक्षमा कमल थापालाई समर्थन जनाएका छन् । तर अर्का अध्यक्ष डा प्रकाशचन्दै लोहनीले भने राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन् । यसले राप्रपाभित्रको महाधिवेशनमा थप धुव्रिकरण वढेको छ ।
राजेन्द्र लिङ्देनलाई नेपालगञ्ज उपमहनागर पालिकाका मेयर समेत रहेका धबलशम्शेर राणाको पनि साथ र समर्थन रहेको छ । उनी राजेन्द्र लिङ्देनको समुहबाटै महामन्त्रीका उम्मेदवार बनेका छन् । राजेन्द्र लिङ्देन अगाडी नसकेका भए धबलसम्शेर आफै चुनावी प्रतिस्पर्धामा अध्यक्षमा भिड्ने तयारीमा थिए । तर राजेन्द्र लिङ्देन र धबल सम्शेरका वीचमा समझदारी बनेर लिङ्देन अध्यक्ष र राणा महामन्त्रीका उम्मेदवार बनेका हुन् ।
यो समुहलाई कलाकार समेत रहेकी रेशा थापाको पनि समर्थन रहेको थियो ।
कमल थापाले पनि सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गदै टुडिखेलमा राजेन्द्र लिङ्देनलाई दौडमा भाग लिएर जसले जित्छ उसैलाई अध्यक्ष घोषणा गर्ने सम्मको चुनौति दिएपछि राप्रपाका नेताहरु धुव्रिकरण हुने क्रम वढेको छ ।
पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
राजेन्द्र लिङ्देन र कमल थापाले चुनावी प्रतिस्पर्धा गर्ने भएपछि राप्रपाको यसपटकको महाधिवेशन रोचक हुने देखिएको छ । प्रकाशचन्द्र लोहनीले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई सघाउने भएका छन् । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै उनले आउँदो महाधिवेशनमा अध्यक्षका उम्मेदवार लिङ्देनलाई आफ्नो समर्थन रहने बताएका छन् ।
‘पशुपतिजीले २० वर्ष र कमलजीले १५ वर्ष पार्टीको नेतृत्व सम्हाली सक्नु भएको छ । मैले एकवर्ष मात्रै नेतृत्व लिएँ । आगामी महाधिवेशनमा अध्यक्षमा मलाई समर्थन गर्नुस भनेको थिए । तर,उहाँहरु नै अघि सर्नु भएकाले मेरो साथ युवा साथीहरुलाई छ ।’ डा लोहनीले भने ।
तर अर्का अध्यक्ष पुशपति शम्शेर राणाले भने कमल थापालाई नै समर्थन रहने जनाएका छन् । कमल थापाको उम्मेदवारी घोषणामा राणा पक्षका नेता ध्रुवबहादुर प्रधान र रोशन कार्कीलगायतका नेताहरु सहभागी भएका थिए । यसले पनि जवराको साथ कमल थापाप्रति देखिएको राप्रपाभित्र चर्चा छ । जबरा समूहका नेता भुवन पाठक कमल थापाको समूहबाट महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया