निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो

काठमाडौँ । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल सात अर्बले घटेको छ ।
संघका अनुसार यही मङ्सिर ३ गते ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै १४ अर्ब बराबरको कर्जा लगानी भएको देखिन्छ ।
गत साउन पहिलो साता ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।
गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।

















मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया