कांग्रेस भक्तपुरको सभापतिमा थापा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् । उनी यसअघि पनि पार्टीको जिल्ला सभापति रहेका थिए ।
कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा सुशील बस्नेत र राजेश खड्का तथा सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी भएका छन् ।
जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भएका छन् ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया