सन् २०२१ : अफगानिस्तानमा तालिवानी शासनपछि देखिएको संकट (फोटोफिचर)

काठमाडौँ । अंग्रेजी वर्ष सन् २०२१ सकिन अब एक महिना बाँकी छ । गत वर्षजस्तै यो वर्ष विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारी उत्तिकै देखा पर्यो ।
करोडौँ मानिस कोरोनाबाट ग्रसित बने । लाखौँ मानिसले अकालमा नै ज्यान गुमाए । यसबीच शक्तिशाली देशहरूले कोरोनाविरुद्ध भ्याक्सिनको आविष्कार गरी विश्वभर पुर्याउने काम गर्दै आएको छ ।
यस वर्ष विश्वमा साना ठूला प्राकृतिक प्रकोपका घटना हुन पुग्यो । सयौँ मानिसले प्राकृतिक प्रकोपबाट ज्यान गुमाए । ठूलो मात्रामा धनराशीको नोक्सान हुन पुग्यो ।

नेपालमा समेत यस वर्ष प्राकृतिक प्रकोपबाट ठूलो धनराशी नोक्नान भयो । सयौँ मानिसले अकालमा ज्यान गुमाए । दर्जनौँ बेपत्ता भए । बाढीका कारण करिब तीन दशक लामो समय लगाएर सम्पन्न भएको मेलम्ची खानेपानी आयोनामा ठूलो क्षति पुग्यो । मेलम्चीको सुन्दर बजार बगरमा परिणत बन्यो । गत महिनाको बेमौसमी वर्षाका कारण चार अर्बभन्दा बढीको धानबाली नष्ट हुन पुग्यो । दर्जनौँ मानिसले ज्यान गुमाए ।
यस वर्ष विश्वमा केही साना ठूला युद्ध भए । नेपालको छिमेकी देश चीन र भारत एकआपसमा युद्ध हुँदा दुवै पक्षका दर्जनौँ सेनाले ज्यान गुमाए । दुई देशको सीमा गलवानमा भएको युद्धमा परी २० जना भारतीय सेनाले ज्यान गुमाए । चीनतर्फको कुनै विवरण आउन सकेन ।

यस्तै, इजरायल र प्यालेस्टाइनबीच केही दिन घमसान युद्ध भयो । युद्धमा दुवै पक्षले रकेट प्रहार गरी ठूलो मात्रामा भौतिक क्षति पुर्याए । हजारौँ मानिस घरबारविहीन बन्न पुग्यो ।
यता, अफगानिस्तानको विद्रोही समूह तालिवानसँग दुई दशक लामो युद्ध लडेको अमेरिका विना सर्त फर्किएको छ । अफगानिस्तानका विद्रोही समूह तालिवानसँग २० वर्ष लामो युद्ध लडेको अमेरिकी सैनिक राष्ट्रपति जो बाइडेनले तालिवानसँग युद्ध अन्त्य गर्ने सम्झौता गरेसँगै स्वदेश फिर्ता भएका छन् ।
तालिवानले अगष्ट ३१, २०२१ सम्म सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने गरी सम्झौता गरेसँगै अमेरिकी सेना फिर्ता भएको हो । अमेरिकाले तालिवानले दिएको समय सीमाभन्दा एक दिनअगावै सबै सेना फिर्ता लैजान सफल भएको थियो । अमेरिकी सेना फिर्ता हुने भएसँगै अफगानिस्तानको तत्कालीन राष्ट्रपति असरफ घानीसहित शीर्ष नेताहरूले देश छाडेर भागेका थिए ।

अफगानिस्तानमा ठूलो मात्रामा मानवीय संटक उत्पन्न हुन पुग्यो । यसैबीच करिब ६ लाख अफगानी नागरिकलाई अमेरिकाले आफ्नो देश लिएर गरएको थियो । अफगानमा बस्दै आएका सबै देशहरूले आफ्नो कुटनीतिक नियोगका कार्यालयहरू अन्तै लिएर गएको थियो ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै करिब साढे दुई दशकपछि तालिवानले पुनः सत्ता कब्जा गर्न पुगे । आफूले सत्ता कब्जा गरेसँगै देशमा शरिया कानून लागु गर्ने घोषणापछि महिलाहरूले विरोध जनाए । उनीहरू आन्दोलनमा उत्रिए । यसैबीच उनीहरूले केही खुकुलो नियम बनाए पनि महिलाहरूलाई बन्धक राख्ने काम भने जारी छ ।

तालिवानले महिला र पुरुषलाई पढ्न फरक शैलीको नियम लागु गरेको छ । महिलाहरूले पूरै घुम्टो लगाउनु पर्ने छ भने एउटै कक्षामा भए पनि महिला र पुरुषको बीचमा पर्दा लगाउनु पर्ने बताउँदै आएको छ । तालिवान सत्तामा आएसँगै अफगानी नागरिक पूर्ण रुपमा कैदीबन्दी जस्तो जीवन बिताउन बाध्य भएका छन् । फोटो – एपिएफ



























यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया