प्रधानन्यायाधीश विरुद्ध बारको आन्दोलन यथावत

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गदै नेपाल बार एशोसिएशनले शुरु गरेको आन्दोलन यथावत रहेको बार एसोसिएसनले जनाएको छ । प्रधानन्यायाधीस राणालाई सत्ता गठवन्धनले समेत कि कानुन ब्यवसायीहरुलाई मनाउनु होइन भने मार्गप्रसस्त गर्नु भन्दै दुई विकल्प अगाडी सारिरहेका बेला प्रधानन्यायाधीस राणा भने यतिवेला कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् ।
तर बारले भने न्यायपालिकाको विकृती, विसंगती, विचौलिया, भ्रष्टाचार नियन्त्रण गरि समग्र सुधारकालागि बर्तमान प्रधान न्यायाधीश बाधक देखिएकोले उनको राजिनामा माग गरि शुरु गरेको शान्तिपूर्ण विरोध कार्यक्रम यथाबत रहेको बताएको छ ।
बारका महासचिव लीलामणि पौडेलले मंगलबार वक्तब्य जारी गदै सर्वोच्च अदालत परिसरमा विहान ११ वजे देखि १२ वजे सम्म कालो पट्टि सहित विरोधरधर्ना कार्यक्रम यथावत रहेकोले त्यही रुपमा विरोध कार्यक्रम सञ्चालन हुने भएकोले उक्त कार्यक्रममा निरन्तर सहभागी हुन काठमाण्डौ उपत्यकाका सम्पूर्ण कानून व्यवसायीलाई अपिल गरेका छन् ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया