भीम रावलद्वारा केन्द्रीय सदस्य अस्वीकार, भुसालले सपथ लिए
मेरोन्यूज
२०७८ मंसिर १४ गते २१:०३

काठमाडौं । नेकपा एमालेको चितवनका सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित डा. भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
नव निर्वाचित अध्यक्ष केपी ओलीले घोषणा गरेको ३०१ सदस्य केन्द्रीय कमिटीमा परे पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै सपथ बहिष्कार गरेका छन् ।
अध्यक्षका प्रत्यासी रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे पनि उनकै पक्षधर मानिएका उपाध्यक्ष पदमा पराजित नेता घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदमा सपथ लिएका छन् ।
अध्यक्ष ओलीले सपथ लिएपछि ओलीले केन्द्रीय सदस्यहरुलाई सपथ दिलाएका थिए । भुसालले पनि ओलीसँगै सपथ लिएका छन् ।
दशौं महाधिवेशनस्थल चितवनको सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले ओलीलाई अध्यक्ष पदमा शपथ गराएका थिए ।
सम्बन्धित















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया