बुधबार, जेठ १, २०८२

सर्वोच्चमा आजदेखि गोला प्रक्रिया लागू हुँदै

मेरोन्यूज २०७८ मंसिर १५ गते ७:२८

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रक्रिया लागू हुँदैछ । सर्वोच्चमा आज बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । नेपालमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिन लागेको हो ।

यसअघि यो प्रक्रिया जिल्ला अदालतमा गरिए पनि पछि हटाइएको थियो । गोला प्रक्रिया लागू भए सर्वोच्चमा देखिएको लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । आजबाट न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा भाग खोजेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

यस्तै प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै नेपाल बार एशोसिएशनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोल गर्दै आएका थिए । गोला प्रक्रिया लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरिएको थियो । गोला प्रक्रिया लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ ।

प्रतिक्रिया