सर्वोच्चमा आजदेखि गोला प्रक्रिया लागू हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रक्रिया लागू हुँदैछ । सर्वोच्चमा आज बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । नेपालमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिन लागेको हो ।
यसअघि यो प्रक्रिया जिल्ला अदालतमा गरिए पनि पछि हटाइएको थियो । गोला प्रक्रिया लागू भए सर्वोच्चमा देखिएको लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । आजबाट न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा भाग खोजेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।
यस्तै प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै नेपाल बार एशोसिएशनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोल गर्दै आएका थिए । गोला प्रक्रिया लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरिएको थियो । गोला प्रक्रिया लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ ।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया