सर्वाेच्चमा तोडियो ७० वर्षे रेकर्ड, गोलाप्रथाबाट तोकियो पेसी
काठमाडौं । सर्वोच्च अदालतमा ७० वर्ष देखि प्रधानन्यायाधीसको तजविजमा रहेको अधिकार खोसिएको छ । प्रधानन्यायाधीसले आफुखुसी पेशी तोक्ने परम्परा आज देखि सर्वाेच्चमा अन्त्य भएको छ । आजदेखि गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गोलाप्रथावाट इजलास गठन भएका छन् ।
गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् । न्यायाधीश मीरा खड्काको एकल इजलास पनि गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि गठन भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । अर्का न्यायाधीश डा कुमार चुडालको एकल इजलास गठन भएको छ ।
त्यसैगरी डा आनन्दमोहन भट्टराई र डा मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ । प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ । अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।
सर्वाेच्चमा प्रधानन्यायाधीसलले पेशी तोक्दा कतिपय मुद्दामा आफु निकटका न्यायाधीसलाई पेसी तोक्ने र त्यसवाट न्यायपािलकाभित्र विचौलिया प्रवेश गर्ने गरेको, भष्टाचार वढेको जस्ता आरोप लाग्दै आएको थियो । न्यायाधीस हरिकृष्ण कार्कीको प्रतिवेदनले समेत त्यही विषय औल्याएपछि प्रधानन्यायधीसको अधिकार कटौती गदै आज देखि सर्वाेचचमा गोला प्रणालीवाट पेशी तोक्ने काम शुरु भएको हो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया