शिक्षा मन्त्री पौडेलले गरे दरबार हाइस्कुलको अनुगमन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आफैले सार्वजनिक विद्यालय अनुगमन थालेका छन् ।
मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गरे । अनुगमनको क्रममा उनले कक्षा कोठामा भइरहेको शिक्षण सिकाईकाबारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।
मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले विद्यालयहरुको अनुगमनको काम सुरु गरेको जानकारी दिए ।
उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए ।
मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गरेका छन् ।
त्यस अवसरमा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया