भीमसेनदास प्रधानले भने : बागमती प्रदेश सभापतिमा मलाई देउवा र सिटौलाको साथ छ

काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले वागमती प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । त्यस अगाडी देउवा पक्षबाटै मकवानपुरका नेता इन्द्र बानियाँले पनि सभापतिको उम्मेदवारी घोषणा गरेका थिए ।
तर प्रधानले आफुलाई देउवाको पनि साथ र समर्थन रहेको बताएका छन् ।
‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने, ‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई अघि बढाएको बताए ।
प्रधानले आफुले निष्ठाको राजनीति गर्दै आएको बताए । उनले भने, ‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’
गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर उपस्थित भएको सुनाए । आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने, ‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’
आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने आधार भएको तर्क गरे । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमाआफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया