यी १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबारदेखि सबै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुने भएकाले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गरिने बताए
उनले भने, ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ ।’ कांग्रेसले बिहीबार सबै प्रदेशको अधिवेशन सुरू गर्दै छ ।
निर्वाचन हुन बाँकी १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्य तालिका सार्वजनिक गर्ने छ । सोहीअनुसार अधिवेशन हुनेसमेत उनले जानकारी दिए ।
उनका अनुसार प्रदेश २ का आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित चितवन, कैलाली र बाँकेलगायत १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । हालसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ ।










बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया