प्रधानन्यायाधीशले जिम्मेवारी नदिँदा सर्वोच्चमा इजलास रोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रथाद्वारा पेशी तोक्ने विधि कार्यन्वयन भएसँगै मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षाका बीच पुनः न्यायिक नेतृत्वविहीन हुँदा समस्या उत्पन्न भएको छ । गत सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भई सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा भर्ना हुँदा अदालतमा जानकारी नगराउँदा इजलास गठन प्रभावित बन्न पुगेको हो ।
कोरोना संक्रमण भई अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारसम्म आफैले इजलास आफैले तोक्दै आएका थिए । बुधबार सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकिए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारी कस्लाई दिएको भन्दै प्रश्न गरेपछि पुनः समस्या देखा परेको हो ।
बुधबार इजलास गठन भएसँगै बारका पदाधिकारीले प्रश्न गरेपछि इजलास सुनुवाई हुन सकेन । बिहीबार कानून व्यवसायीसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पेशीको सूची प्रकाशित भएको छैन ।
बिहीबार १ बजेसम्म कुनै पेशी सूची प्रकाशित हुन सकेको छैन ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया