प्रदेश अधिवेशन : गण्डकी सभापतिका उम्मेदवारले ९१ हजार तिर्नुपर्ने
निर्वाचन निर्देशिकाभन्दा पाँच गुणा बढी शुल्क

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगतको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । गण्डकी प्रदेशमा प्रदेश सभापतिको उम्मेदवारीकै लागि मनोनय दस्तुर ९१ हजार रुपैयाँ लाग्ने भएको छ । गण्डकी हालै जारी गरेको सूचनामा उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार र सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ । प्रदेश कार्यसमिति सदस्यका लागि मात्रै ३१ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।
पार्टीको केन्द्रीय सभापतिभन्दा तीन गुणा बढी गण्डकी प्रदेशका सभापतिले शुल्क तिर्न बाध्य भएका छन् । पार्टीको केन्द्रिय सभापति उम्मेदवार बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क केन्द्रीय निर्वाचन समितिले तोकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश सभापति पदका लागि १५ हजार तोकेको छ । योभन्दा ५ गुणा बढी गण्डकी प्रदेश सभापतिले उम्मेदवार मनोनय शुल्क तिर्नुपर्ने देखिएको छ ।
यसैगरी, प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नु पर्छ । प्रदेश महाधिवेशन प्रतिनिधिले ३ हजार र केन्द्रीय महाधिवेशन प्रतिनिधिले ५ हजार शुल्क तोकिएको छ ।

















दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रतिक्रिया