आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत उपप्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले उक्त निर्णय तत्काल फिर्ता गरी खुला प्रतिस्पर्धाबाट आवश्यक दरबन्दीको पदपूर्ति गर्न सरकार समक्ष माग गरको हो ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै विश्वविद्यालय शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको शिक्षण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सक्षम र दक्ष प्राध्याापकको आवश्यता पर्ने हुँदा आवश्यकताका आधारमा खुला प्रतिस्पर्थाबाट छनोट गरिनुपर्ने बताइएको छ ।
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन पनि विज्ञप्तिमार्फत सरोकारवाला सबैसँग माग गरिएको छ । उक्त निर्णयको विरोधस्वरूप भोलि देशभरका आङ्गीक क्याम्पसमा प्रमुखमार्फत कुलपति, सहकुलपति र उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कायक्रम रहेको पनि जानकारी गराइएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
प्रतिक्रिया