रुपन्देहीमा मंगलम् पाइप्सको नयाँँ कारखाना स्थापना

रुपन्देही । जिल्लाको रोहिणी गाउँपालिका ३ ढक्दैमा मंगलम् पाइप्स एण्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ ।
उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि, उत्पादन सुरु भइसकेको छ । यस कारखानाबाट हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भइरहेका छन् ।
सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गने कम्पनी हो । मंगलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित छ ।
लगभग ३ लाख वर्ग फिटसम्म फैलिएको यस उद्योगले २५० जना कर्मचारीलाई रोजगारी दिँदै आएको छ । यो कारखानाको वार्षिक उत्पादन क्षमता १२,००० मेट्रिक टन रहेको छ । यसमा एउटै युनिटबाट विभिन्न उत्पादनका पाइप्सहरु उत्पादन हुन्छ ।
तातो तथा चिसो दुवै पानीको लागि उपयुक्त एवम् उच्च चापशक्ति सहन सक्ने क्षमता भएको यस पाइप्स क्लोरिनले असर नगर्ने, खिया नलाग्ने तथा लामो समयसम्म टिक्ने रहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको यो उद्योग पुष २०७८ सम्ममा पूर्ण रुपमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।









झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया