करिष्माले २.४१ जीपीए ल्याएर १२ कक्षा पास गरिन्
मेरोन्यूज
२०७८ मंसिर १७ गते १६:०९

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन् ।
ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा मानविकी संकाय पढिरहेकी मानन्धरले २.४१ जीपीए ल्याएर उत्तीर्ण गरेकी हुन् ।
लामो समय चलचित्र क्षेत्रमा काम गरेकी करिष्मा पछिल्लो समय राजनीति क्षेत्रमा प्रवेश गरेपछि आफ्नो रोकिएको विद्यालय तहको शिक्षा अगाडि बढाएकी छन् । करिष्मा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य भएकी थिइन् ।
लामो समयको अन्तरालपछि विद्यालय शिक्षा अगाडि बढाएकी करिष्माले स्नातक तहको अध्ययनलाई पनि अगाडि बढाउने बताएकी छन् । करिष्माकी एक मात्र छोरी उच्च शिक्षा अध्ययन गर्न देश बाहिर छिन् ।
सम्बन्धित
















प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सुनचाँदीको मूल्य स्थिर
खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया