कोरोनाको नयाँ भेरियन्ट
अफ्रिकासहितका नौ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं । ओमिक्रोन नामक कोभिड १९ को नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
कोरोनाको नयाँ भेरियन्टको संक्रमणको जोखिम उच्च रहेको भन्दै मन्त्रिपरिषद्को बैठकले ती मुलुकहरुबाट नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने सरकारले निर्णय गरेको छ ।
ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई विहीबारराती १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका मुलुकमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान छुट दिइनेछ ।
केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियाली मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको छ । नयाँ भेरियन्ट दक्षिणी छिमेकी मुलुक भारतमा समेत भेटिसकेको भन्दै भारत सरकारले विद्यालयहरु बन्द गरिसकेको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया