आइतबार, फागुन २४, २०८२

कांग्रेस सुदूरपश्चिम अधिवेशन : मतदान प्रक्रिया सुरु

मेरोन्यूज २०७८ मंसिर १८ गते ११:४७

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ । धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान प्रक्रिया सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेसको प्रदेश कार्य समिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।अधिवेशनमा पहिलो मत हिमबहादुर रावलले हालेका थिए । धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान भइरहेको छ । रावल संस्थापन पक्षबाट सभापतिका आंकाक्षीसमेत थिए ।

प्रतिक्रिया