थप २०५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १९ गते १६:०३

काठमाडौं । नेपालमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९९५ जनाको पीसीआर परीक्षण तथा २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ४३६ जना भने कोरोनामुक्त भएर घर फकिएको मन्त्रालयले जनाएको छ ।
यता, काठमाडौं उपत्यकामा आइतबार १०३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन् ।
सम्बन्धित











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया