थप २०५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १९ गते १६:०३

काठमाडौं । नेपालमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९९५ जनाको पीसीआर परीक्षण तथा २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ४३६ जना भने कोरोनामुक्त भएर घर फकिएको मन्त्रालयले जनाएको छ ।
यता, काठमाडौं उपत्यकामा आइतबार १०३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन् ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया