बागमती कांग्रेसमा देउवा पक्षीय बाँनिया निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय इन्द्र बानिया निर्वाचित भएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जनदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । केसीले ५ सय मत गणना हुँदासम्म अग्रता लिए पनि १ हजार मत गणना गर्दा पछि परेका हुन् । त्यसपछि भने बाँनियाले अग्रता बढाउँदै लगेका थिए ।
संस्थापन पक्षका बानियाँ र तेस्रोधार कृष्णप्रसाद सिटौला निकट भिमसेनदास प्रधानको समर्थनमा निवार्चित भएका हुन् । बानियाँले १ हजार ८५ मत ल्याएर बिजयी भए भने संस्थापन इतर समुहका जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे ।
कांग्रेसको बागमती प्रदेशमा आइतबार भएको मतदानमा २ हजार २६ मत खसेको थियो ।
शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो । आइतबार दुई जनाको मात्रै प्रतिष्पर्धामा भने प्रधानले बानियालाई नै समर्थन जनाएका थिए ।
मकवानपुरका बाँनियाँ वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । बानियाँसँगै देउवा पक्षले ३ वटा प्रदेशमा सभापति जितेको छ ।
पौडेल पक्षले भने एक प्रदेशमा सभापतिसहितको प्यानल विजयी भएको छ । पौडेल पक्षले गण्डकी प्रदेशमा जीत हात पारेको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया