यसकारण कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित (भिडियोसहित)
जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
भिडियाे:
उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे ।
संयोजक रिजालले भने, ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो ।’
प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १÷१ वटाको अधिवेशन हुन सकेको छैन ।










पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया