कांग्रेस महाधिवेन तयारीः देउवालाई उपसमिति संयोजकहरुको ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसको यहि मंसिर २४ गतेदेखि शुरु हुन लागेको १४ औँ महाधिवेशनको तयारीबारेमा महाधिवेशन उपसमिति संयोजकहरुले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई ब्रिफिङ् गरेका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिलेसम्म भएका तयारि तथा प्रगति बारे सभापति देउवालाई जानकारी गराएका हुन् ।
सोमवारको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए ।
महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।
आगामी २४ गते दिउसो १ बजे उदघाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।

















सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया