बैतडी जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो
मृतक मध्ये दुई जना नवविवाहित जोडी

कैलाली । बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा सोमबार करिब ६ बजेतिर दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद विक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइतेमा पाटन नगरपालिका १ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक रहेको प्रहरीले जनाएको छ।
मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जीप चालक पाटन ५ बशन्तरपुरका खेमराज पाण्डेय फरार रहेको र उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
जीप सडकबाट एक सय मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
अघिल्लो समाचार
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

















सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
प्रतिक्रिया