बिहीबार, पुष ३, २०८२

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

मेरोन्यूज २०७८ मंसिर २० गते १९:४०

कैलाली । बैतडीको पाटन नगरपालिका–१ सकारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आठ जना यात्री घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। मृतकको सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । चालक भने फरार रहेको बताइएको छ।

प्रतिक्रिया