बोहोराटार बैठकमा प्रकाशमानसँगैः दुई दिनभित्र साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहमा पछिल्लो समय असन्तुष्टी रहँदै आएका प्रकाशमान सिंह पनि सोमवारको गुटगत बैठकमा सहभागी भएका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमवार साँझा संस्थापन इतर समूहको छलफल भएको थियो । संस्थापन इतर समूहको छलफलबाट दुई दिनभित्रै सहमतिमै साझा उम्मेदवार बनाउने निश्कर्ष निकालिकाएको छ ।
पौडेल निवासमा बसेको सभापतिका अकांक्षीहरुको बैठकले २ दिनभित्रै सभापतिको साझा उम्मेदवारबारे तय गर्ने निर्णय गरेको हो ।
बैठकमा पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सहभागी थिए । पौडेलसहित कांग्रेसका संस्थापन इतर चारै जना नेताहरु सभापतिको दाबेदार छन् ।
बैठकमा महाधिवेशन अन्तर्गत भएको प्रदेश तथा जिल्ला अधिवेशनकाबारेमा पनि समीक्षा भएको थियो । प्रदेश अधिवेशनबारेमा आफ्ना पक्षका सबै बसेर थप समीक्षा गर्नुपर्ने निश्कर्षमा उनीहरु पुगेका छन् ।
सभापतिको उम्मेदवारबारे छलफल गर्न मंगलबार संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ ।










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया