आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको २१ गते मंगलबार, मंसिर शुक्लपक्षको तृतीया तिथि, उप्रान्त चतुर्थी तिथि रहेको छ । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस रहेको छ ।
मेष
भाग्यहिनताको महशुस भइरहने छ । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले अन्यौलग्रस्त छवि महशुस गर्ने छन् । पैतृक सम्पत्ति तथा आफुले कमाएर सञ्चित गरेको धनमा समस्या उत्पन्न हुने छ । यसलाई लिएर द्वन्द चर्किन पुग्ने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । आम्दानीमा हुने बृद्धिले केही राहत प्रदान गर्नेछ ।
वृष
दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले भरोषा गर्ने छैनन् । तर बौद्धिक व्यक्तित्व भने हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्न जाने छन् । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु नलिँदा उपयुक्त हुने देखिन्छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कठिनाई आउन जाँदा मनोबलको कमजोर बन्ने छ ।
मिथुन
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । जीवनसाथिको शारीरिक स्वास्थ्य अवस्थाको चुनौतिले केही कठिनाई उत्पन्न गराउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरता आउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु होला ।
कर्कट
पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्दा मानसिक दबाब सृजना हुन पुग्ने छ । मनोबल कमजोर बन्ने छ । पेशागत जीवनमा धेरै जुध्नु पर्ने समय सक्रिय रहेकाले संयमतापूर्वक अघि बढ्नु उपयुक्त हुने छ । शारीरिक र मानसिक कमजोरीले गर्दा मनमा उत्साह र उमङ्गको कमि महशुस हुने छ । शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, जप, भजन श्रवण आदीमा मन लगाएमा राहत मिल्ने छ ।
सिंह
मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था लाग्ने छ । समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा प्रतिष्पर्धीहरुले हेप्ने र पेल्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहने भएकाले यसबाट केही राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्ने छ ।
कन्या
धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ । भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने भएकाले असजिलो परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा असन्तुलन पैदा हुने छ ।
तुला
पेशागत जीवन स्थिर रहने छ । तर आम्दानीमा भने औसत समय चलिरहेको छ । आम्दानी बढाउनका लागि धेरै तनाव र दबाब नलिँदा ठिक हुने समय छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले उच्च सतर्क रही कदमहरु चाल्नु पर्ने समय छ ।
वृश्चिक
शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व देखिने छ । समय प्रतिकुल चलिरहेकाले संयम रहनु नै बुद्धिमानी ठहरिने छ । पेशागत जीवन औसत रहने भए तापनि आम्दानीमा भने केही बृद्धि हुने छ । तर भाग्यको साथको अभावका कारण बाध्या ब्यवधानहरु एकपछि अर्काे सामना गर्दै अघि बढ्नु पर्ने छ । दाम्पत्य जीवनमा शान्त भएर व्यावहार गर्ने प्रयास गर्नु होला ।
धनु
मानसिक हिसावले भने दृढ र संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने भएकाले मनोबलको कमि हुन जाने छ । धेरै जोखिमपूर्ण भन्दा धैर्य भएर पाइला चाल्नु पर्ने समय छ । दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र होच्याउने अवस्था आउने भएकाले यसबारेमा ध्यान दिनुहोला । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।
मकर
पारीवारिक जीवनमा झैझगडा र द्वन्दको अवस्थाबाट गुज्रनु पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भए पनि पारीवारिक जीवनमा भने असन्तोषको वातावरण उत्पन्न हुँदा चिटचिटाहट हुने छ । भाग्यको साथ खासै नभएकाले संघर्षरत रहनु पर्ने बाध्यता आउने छ । जीवनसाथिको दरिलो साथले कठिनाईका बेला सन्तुलित बन्न निकै मद्धत पुग्ने छ ।
कुम्भ
जस्तो परिस्थितिमा पनि दृढ खालेको व्यक्तित्व हुने भएकाले असजिलो अवस्थामा पनि निरन्तर अघि बढ्न भित्रि मनबाट उर्जा प्राप्त हुने छ । मेहनत र पराक्रम गर्नका लागि दृढता उत्पन्न हुने भए पनि शारीरिक स्वास्थ्यले यसमा बाधा उत्पन्न गराउने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ ।
मीन
आफन्तको साथ रहने छ । मानसिक पक्ष सवल हुने छ तर शारीरिक कमजोरी भने रहने भएकाले क्रियाशिलतामा केही शिथिलता निम्त्याउने छ । मनमा दृढता आउने भएकाले सँहालिन निकै मद्धत मिल्ने छ । बोलीको प्रभावकारितामा ह्रास आउने भएकाले विचार पुर्याएर मात्र बोलीचालि गर्दा उचित हुने छ । पेशागत क्षेत्र धेरै अनुकुल नबने पनि प्रतिकुल पनि रहने छैन् ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया