सभापतिको उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ मंसिर २१ गते ६:४६
काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बैठक बोलाएका छन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा उनीसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई बोलाएर छलफल गरेका थिए ।
दुई दिनमै सभापतिको उम्मेदवार तय गर्ने समझदारीबीच आफूनिकट केन्द्रीय सदस्यसँग सुझाव लिन आज पनि पौडेल पक्षको बैठक बस्न लागेको हो । केन्द्रीय सदस्यहरूको बैठक पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारीमा दिउँसो १ बजे बस्ने भएको छ ।
सभापतिमा पौडेल पक्षबाट उनीसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी हुँदै आएका छन् । आफू पक्षका सबै नेताहरूसँग सुझाव लिएर सर्वसम्मत रूपमा सभापति तय गरिने पौडेल पक्षले जनाएको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया