राष्ट्रियसभा सदस्यको निर्वाचन १२ माघमा (कार्यतालिकासहित)

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार आगामी माघ १२ गते गर्ने राष्ट्रियसभा निर्वाचनका लागि तालिका सार्वजनिक गरेको हो ।
आयोगको तालिका अनुसार निर्वाचनमा भाग लिन चहाने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दर्ता गर्नु पर्ने छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसारपुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने छ ।
यस्तै पुस १८ र १९ गते उम्मेदवारीमाथि परेका निवेदन तथा उजुरी उपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ ।
यस्तै पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।



















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया