भाजपा र कांग्रेसआईलाई कांग्रेसको निम्तो, चिनियाँ कम्युनिष्ट पार्टीको टुङ्गो लागेन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका सत्तारूढ दल, प्रमुख प्रतिपक्षीलगायत दलको सहभागिता हुने भएको छ ।
चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले सहभागिता जनाउने नजनाउने भन्ने टुंगो लागिनसकेको विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले दक्षिण एशियाका मुख्य दलहरूलाई सहभागिताका लागि निमन्त्रणा पठाएको समेत उनले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म निमत्रणा गरेकामध्ये भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस कांग्रेसआई) ले सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका छन् ।’
उनका अनुसार आजभोलि नै कन्फर्मेसन आउने जानकारी चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले दिएको छ ।
कोरोनाका कारण धेरै दलहरू आउन डराएका उनको भनाई छ । कांग्रेस महाधिवेशन आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया