कांग्रेस महाधिवेशन : संस्थापन पक्षले टुंग्यायो उपसभापति र महामन्त्रीका उम्मेद्वार

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापन समूहले अनौपचारिक रुपमा उपसभापति र महामन्त्रीका उम्मेद्वार टुंग्याएको छ । यो विषयलाई औपचारिकता दिन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।
स्रोतका अनुसार देउवाले सभापतिपछिको पार्टीमा बलियो र आकर्षक मानिने महामन्त्री पदमा वर्तमान सरकारमा गृहमन्त्री बालकृष्ण खाँणलाई रोजेका छन् । उनलाई देउवाले तयारी गर्न भनेर सोमबार साँझ नै निर्देशन दिइसकेको स्रोतहरु बताउँछन् । खाँण २०४६ सालको जनआन्दोलन ताका नेपाल विद्यार्थी संघको अध्यक्ष र २०६२-०६३ सालको आन्दोलनमा नेपाल तरुण दलको अध्यक्ष थिए । उनलाई संस्थापनमा जनाधार भएका नेताका रुपमा चिनिन्छ ।
त्यस्तै, अर्को महामन्त्री पदमा देउवाले वर्तमान कार्यसमितिका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई रोजेका छन् । डा. महत पार्टी संगठनमा जनाधार नभएका नेताका रुपमा चिनिन्छन् ।
सभापति देउवाले उपसभापतिमा वर्तमान कार्यसमितिका महामन्त्री पूर्णबहादुर खड्कालाई रोजेका देउवा निकट स्रोतले जानकारी दिएको छ । खड्का देउवा टिममा आन्तरिक व्यवस्थापनमा पोख्त मानिन्छन् । उनलाई सादगी र विचारशील नेताको रुपमा पनि कांग्रेसीहरुले चिन्छन् ।
त्यस्तै, अर्को उपसभापतिमा नेता कृष्ण सिटौलालाई उम्मेद्वार बनाउने तयारी देउवाले गरेका छन् । कांग्रेसको झापा अधिवेशन, प्रदेश १ को प्रदेश समितिको अधिवेशन र काठमाडौँ तथा काभ्रेको अधिवेशनमा सिटौला समूह र संस्थापनबीच सहकार्य भएको थियो । सिटौलाले १३ औँ महाधिवेशनमा नै फरक समूह बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तर, अहिले सभापतिमा जित्ने सम्भावना नभएपछि उपसभापति भएर पदको बार्गेनिङ गरेको स्रोतहरु बताउँछन् ।
उनले एउटा सह महामन्त्री पनि मागेको स्रोतहरु बताउँछन् । खुल्लातर्फको सहमहामन्त्रीमा नेता प्रदीप पौडेललाई सुरक्षित गर्न उनले सहममहामन्त्री मागेको पनि बालुवाटार स्रोतले जनाएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया