बझाङका चार पालिका संकटग्रस्त क्षेत्र घोषणा
मेरोन्यूज
२०७८ मंसिर २२ गते ९:२१
काठमाडौँ । सरकारले बझाङका चार पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी संकटग्रस्त क्षेत्र घोषणा गरेका हो ।
जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पुर्याएको जनाउँदै तत्काल विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली कांग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई संकटग्रस्त क्षेत्र घोषणा आग्रह गरेका हुन् ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आंकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिने छ ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया