सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो । चारवटा निर्वाचन क्षेत्र भएको सर्लाहीमा मंगलबार दुई वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने बाँकी दुईमा बुधबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।
तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार चौथो निर्वाचन अधिकृत खटाएको थियो ।
सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सिंहले २४८ मत पाएका हुन् । संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो । प्रदेश(२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ ।
सर्लाही २ मा दुई सिंहबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश २ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् ।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल , रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यस्तै,महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् । प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया