कृष्ण सिटौलालाई फकाउन पुगे नेता पौडेल
मेरोन्यूज
२०७८ मंसिर २२ गते १२:३१
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन् । उनी सिटौलालाई भेट्न चण्डोलस्थित सिटौला निवास पुगेका हुन् ।
आगामी १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्न नेता पौडेल सिटौलालाई भेट्न पुगेका हुन् । पौडेल पक्षका केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार सिटौलालाई फकाउन उनी बैठकबाट निस्केका हुन् ।
जवाफमा सिटौलाले आफ्नो पक्षले छलफल गरेपछि मात्रै बाँकी कुरा गर्ने बताएका थिए । उनीहरूबीच करिब आधा घण्टा छलफल भएको थियो ।
छलफलपछि नेता पौडेल आफ्नै निवास फर्किसकेका छन् । साझा उम्मेदवार छान्नका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया