बुधबार, पुष २, २०८२

पौडेलको प्रश्नमा सिटौलाले भने : तपाईहरुसँग हिड्न तयार छु

मेरोन्यूज २०७८ मंसिर २२ गते १३:३५

काठमाडौँ । नेपाली कांग्रेसका तेस्रो धार मानिने नेता कृष्णप्रसाद सिटौलालाई अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । भेटमा पौडेलले आफूहरू सँगै मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

सिटौलाको निवास पुगेका पौडेलले यस्तो प्रस्ताव गरेका स्रोतले बताएको छ ।
‘हिजो शेरबहादुर जीको विरुद्धमा सँगै लडेका हौँ । फेरि देउवासँगै मिल्नुपर्ने अवस्था किन छ ?,’ पौडेलले सिटौलालाई प्रश्न गरेको पैडेललाई उदृत गदै स्रोत बताउँछ ।

पौडेलको प्रश्नमा सिटौलाले भने, ‘सँगै जाउँ भनेर मात्र हुन्न, कसरी जाने ? सल्लाह गरौँ तपाईहरुसँग हिड्न तयार छु ।’

प्रतिक्रिया