कांग्रेस महाधिवेशन
अन्ततः पौडेल समूहले छान्न सकेन साझा उम्मेदवार
प्रकाशमान र शेखरले छाडेनन्, नेतृत्वको दाबी

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।
महाधिवेशन शुरु हुन दुई दिन मात्रै बाँकी रहँदा पनि संस्थापन इतर पक्ष बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले साझा उम्मेदवार तय गर्न नसकेपछि तीन दिनको प्रयास निरर्थक बनेको छ ।
पौडेलपक्ष तीनदेखि साझा उम्मेदवारटुंगो लगाउने भनेर पटक पटक जुटेको थियो । सभापतिमा पौडेल पक्षका चार आकांक्षी भए पनि दुई नेताको अडानले गर्दा तीन दिनसम्मको लगातारको बैठक निरर्थक बनेको हो । अन्तिम पटक दुई दिनअघि ४८ घण्टाभित्र साझा उम्मेदवार तय गर्ने निश्कर्षमा उनीहरु पुगेका थिए ।
बुधबार पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा बसेको बैठकमा दुई नेताको अडानले साझा उम्मेदवार टुंगो लगाउन नसकेको बैठकमा सहभागी नेता रामशरण महतले बताए ।
बुधबारको बैठकमा प्रकाशमान सिंहले आफ्नो अडान कायमै राख्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘मलाई ब्याक हुन नभन्नुस् बरु मलाई सहयोग गर्नुस ।’– सिंहले नेताहरुलाई आग्रह गरेका थिए ।
यस्तै, पौडेल पक्षका अर्का नेता डा. शेखर कोइरालाले पनि सभापति नछोड्ने अडानमा रहेपछि बैठकले विहीबार विहान बस्ने गरि बिनानिष्कर्ष टुंगिएको नेता जीवन परियारले बताए । परियारका अनुसार विहीबार बस्ने युवा नेताहरू र जिल्ला सभापतिको सुझावका आधारमा निर्णय हुनेछ ।

















हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया