विहीबार कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो
मेरोन्यूज
२०७८ मंसिर २२ गते २०:५८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि शुरु हुने भएकाले त्यसअघि विहीबार केन्द्रीय समितिको अन्तिम बैठक बोलाइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक विहीबार विहान साढे ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका हुन् ।
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
बैठकमा महाधिवेशनको तयारी लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ शुक्रबारदेखि शुरु हुँदैछ । महाधिवेशन मंसिर २७ गतेसम्म चल्नेछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया