सप्तरीका सुकुम्बासीलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाउव्लकमा रहेका भू्मिहिनहरुलाई बुधबार जग्गा धनी प्रमाणपुर्जा वितरण गरेकी छन् ।
अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउपालिकाको गाउँ व्लकमा रहेका ७ सय घर परिवारलाई बुधबार र विहीबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँव्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् ।
उनले नापी भइसकेका गाउव्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमिहिन बनीरहेकाहरु कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागिपनि प्रक्रिया अगाडि बढिसकेको बताइन् ।
भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
तल्ला तहका नागरिक र वाास्तविकपीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन् ।
कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसै अनुसार विभागले काम शुुरु गरिसकेको बताए ।
यसअघि महोत्तरीको रामगोपालपुुरमा रहेका गाउँव्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया