माओवादीले बढायो प्रदेश कमिटीमा संख्या

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा पदाधिकारी र सदस्यको संख्या बढाएको छ । बिहीबार केन्द्रीय पार्टी कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा पदाधिकारी र सदस्य संख्या बढाउने निर्णय गरेको हो ।
बैठकले पदाधिकारीको संख्या ७ बाट ९ र सदस्यको संख्या १ सय ७५ बाट निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर कमिटी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताए । अब माओवादी केन्द्रको प्रदेश कमिटीको पदाधिकारीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने छन् ।
यस्तै प्रदेश कमिटीमा प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।
यस्तै बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ । पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको समिति बनाएको प्रवक्ता महराले बताए ।
















राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया