पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने
यी १९ जिल्लाका बालबालिकाले भने लगाउन नपाउने

काठमाडौँ । सरकारले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई विधालयमै कोरोना विरुद्धको खोप लगाउने भएको छ । आगामी पुस ४ गतेदेखि १४ गतेसम्म १० दिन करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय सरकारले गरेको छ ।
यस्ता बालबालिकालाई मोडर्ना खोप दिइन लागेको स्वास्थ्य सेवा विभाग ले जनाएको छ ।
यो ५७ जिल्लाका बालबालिकालाइृ लक्षित गरेर विधालयमै दिइन लागिएको हो । उनीहरुलाइृ पहिलो चरणको खोपका रुपमा यो खोप दिइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र दिने तयारी पनि विभागले गरेको छ । जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गर्ने काम भईरहेको र त्यही आधारमा पायक पर्ने विधालयमै खोप केन्द्र राखेर विधार्थीहरुलाई खोप दिने निर्णय विभागले गरेको हो ।
यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लामा भने यो खोप दिइने छैन । यसअघि फाइजर खोप काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरामा दिईएको थियो ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया