कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश लोकसेवा आयोगको संगठन संरचना हेरफेर गरी तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
उक्त बैठकले गएको कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढी बजारमा भएको आगलागीका पीडितिलाई संलग्न विवरणअनुसार ६१ लाख ८५ हजार राहत दिने निर्णय गरेको प्रवक्ता विष्टले बताए । ‘राहत रकम जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासा दिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘राहत रकम जतिसक्दो छिट्टै जान्छ ।’
राहत रकम भने १० लाख बराबरको घर पूर्णक्षति भएमा एक लाख, ११ देखि ५० लाख क्षति भएकालाई एक लाख ५० हजार, ५१ देखि एक करोड क्षति भएकालाई दुई लाख, एक करोड ५० लाख क्षति भएमा दुई लाख ५० हजार, तीन करोड क्षति भएकालाई तीन लाख ५० हजार र तीन करोडमाथि क्षति भएकोलाई चार लाख रकम दुई किस्तामा दिइने निर्णय भएको प्रवक्ता विष्टले बताए ।
प्रदेश सरकारले आंशिक क्षति भएका घर, व्यापारी र भाडामा बस्नेलाई पनि २० हजारदेखि एक लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । पत्रकार भेटघाटको अवसरमा मन्त्री विष्टले सत्ता गठबन्धन दलको पार्टीको अधिवेशन सकिने बित्तिकै सरकारले पूर्णता पाउने बताए ।









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया